रोशी सहकर्मी–पौष २८,
पाँचखाल/

पाँचखाल नगरपालिका वडा नं ८ ले कृषिको आधुनिकीकरण र ब्यबसायिकरणमा सहयोग पुर्याउने उदेश्यले पचास प्रतिशत अनुदानमा ३० थान हाते ट्याक्टर किसानहरुलाई हस्तान्तरण गरेको छ । कृषि यान्त्रीकरण प्रयोगमा बृद्धि, पाँचखाल नगरको समृद्धि भन्ने मुल नारा रहेको नगरपालिकामा पाँचखाल नगरपालिकाका कार्यबाहक नगर प्रमुख संजय लामाले किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन ।
ट्याक्टर हस्तान्तरणको उदेश्य भनेको भोलीका दिनमा ब्यबसायीक खेती गर्ने किसानलाई उत्प्रेरित गर्नु भएको लामाले बताए । कार्यबहाक प्रमुख लामाले गाउँ घरमा सिंहदरबारको अधिकार भन्नुकुरा गफमा मात्रै सिमित भएको सुनिएपनि जनप्रतिनिधिहरु शासक नभई सेवक भएको बताए । एक ट्याक्टर बराबर पाँच जनाको कृषक समुहलाई हस्तान्तरण गरिएको नगर प्रमुख लामाको भनाई छ ।
ट्याक्टर हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष महेश पौडेलले जनताले घर दैलोमै सरकार आएको महशुस हुने गरी यस्तै कार्यक्रम र सहयोग गर्न जन प्रतिनीधिहरुलाई अनुरोध गरे । वडा कार्यालयको कृषि बजेट मार्फत अनुदान सहयोगमा ट्याक्टर हस्तान्तरण गरिएको थियो । ट्याक्टर हस्तान्तरण पछि १ सय ५० किसान प्रत्यक्ष लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्राबिधिक सहयोगी संस्था ओम सत्य साइ मेसीनरी कन्सर्नका प्रोपाइटर सञ्जिब श्रेष्ठले मन्तब्य सहित ट्याक्टरका बिशेषता र प्रयोगको तरीकाका बारेमा अनुशिक्षण गराएका थिए ।

Facebook Comments