रोशी सहकर्मी–पौष २८,
काभ्रे/

काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले २४ घण्टाभित्र माग सम्बोधन गर्न अल्टिमेटम सहित केयु प्रशासनलाई चेतावनी दिएका छन् । विध्यालयका प्राध्यापक र कर्मचारी संघले एक प्रेस विज्ञाप्ति जारी गर्दै २४ घण्टाभित्र आफुहरुको माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका हुन् । भदौ ३० गतेको बैठकले गरेका निर्णयहरु कार्यान्वयन नगरे केयुका स्कूल र विभागका कार्यालयहरुमा धुलिखेल क्याम्पसमा जस्तै कार्यक्रमहरु गर्ने प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए ।
गएको भदौ ३० गते भएको सम्झौता विपरित आगामी माघ १३ गते बोलाइएको कार्यकारी परिषदको ५९१ औ बैठक खारेज गर्न साथै कार्यकारी परिषदको ५९० औ बैठकको निर्णण्य बमोजिम टि.टि.सि., क्यान्टिन र सवारी चालक सेवामा कार्यरत कर्मचारीहरुलाई सेवा समायोजनको पत्रजारी गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी उक्त सम्झौता बमोजिम प्राध्यापक संघका सभापति र कर्मचारी संघका अध्यक्षलाई विशेष सभाको एजेण्डा र प्रस्ताव सहितपत्र जारी गर्न पनि भनेका छन् । आन्दोलनका कारण केयुमा अध्ययनरत झण्डै १५ हजार विधार्थिको पठनपाठन पनि प्रभावित भएको छ ।
केयु प्राध्यापक संघ र कर्मचारी संघले पुस १५ गते देखि विश्व विद्यालयका उपकुलपति, रजिष्ट्रार, डीनहरु, परीक्षा नियन्त्रकको कार्यालय, टि.टि.सि., प्रशासकीय भवन लगायत केयुको धुलिखेलमा रहेका सबै कार्यालय बन्द गरिदिएका छन् ।

Facebook Comments Box