रोशी सहकर्मी–पौष २८,
काभ्रे/

जिल्ला प्रहरी कार्यलय काभ्रेले विभिन्न स्थानमा गरेको चेक जाँचको क्रममा ५ जना लागु औषध कारोबारमा संलग्नलाइ पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गरेको हो ।
पछिल्लो एक सातामा काभ्रेका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वाजनिक गर्दै पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु दुर्वेसनीमा रहेको तथ्य सार्वजनिक गरेको हो । वीपी राजमार्गबाट काठमाडौ र आसपासका जिल्लामा भित्राउन सहज भएपछि कारोबारीहरुले काभ्रेको रुट, स्थान छनोट गरेका हुन् ।
लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध मानीन्छ । प्रयोगकर्ताहरुले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलले बताए । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् ।
लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ ।

Facebook Comments