रोशी सहकर्मी–पौष २९
काडमाडौँ/

नेपाल तामाङ युवा घेदुङको छैठौं राष्ट्रिय सम्मेलनबाट बिलाम मोक्तानको अध्यक्षतमा ४१ सदस्य नयाँ कार्य समिति चयन भएको छ । रातको २ बजे सम्म भएको छलफलले मोक्तानको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । नेपाल तामाङ सांस्कृतिक घेदुङको सर्व सहमतिमा कार्य समिति निर्माण भएता पनि नेपाल तामाङ युवा घेदुङको भने अध्यक्षको लागि संगम लामा, बिलाम मोक्तान, प्रतिक मोक्तान र सोम लामा बीचमा विवाद हुँदा राति २ बजे सम्म छलफल भएको थियो । नेपाल तामाङ सांस्कृतिक घेदुङको छैठौ अधिबेशन बाट अध्यक्षमा छेवाङ तेञ्जिङ्ग तामाङ निर्विरोध चयन भएका थिए ।
नव गठित कार्यसमितिले तामाङ समुदायको अधिकारलाई सुनिश्चित गर्नका लागि युवा घेदुङले विशेष भुमिका निर्वाह गर्नेे लक्ष्य रहेको बताएका छन् । अध्यक्ष पदका लागि बिबाद भएता पनि संगठनको मुद्दालाई कार्यन्वयन गर्नका लागि सबै एक भएर अगाडि बढ्ने सभापति बिलाम मोक्तानले बताए । युवा घेदुङले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने युवा घेदुङका सदस्यहरूको एक मत थियो ।

Facebook Comments