रोशी सहकर्मी–पौष २९,
काभ्रे/

जिल्ला प्रहरी कार्यालय काभ्रेले नेत्र विक्रम चन्द विप्लव समुहका जिल्ला अध्यक्ष रमण परियारलाई पक्राउ गरेको छ । जिल्ला सदस्य एवं सोहि समुहका राष्ट्रिय युवा जन स्वयंसेवक समेत रहेका परियारलाई हिजो (सोमबार) साँझ बनेपाको गोदाम चोकबाट पक्राउ गरेको हो ।
पाँचखाल नगरपालिका वडा नम्वर ७ घर भएका रमण पटक पटक पक्राउ पर्ने नेता मध्य एक हुन् । नेकपा माओवादी एकिकृतबाट अलग भई बैैद्य समुहमा रहँदा धुलिखेलमा हिडिरहेको बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा परियार केहि महिना जेल बसे पछि निस्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार रमणलाई भुम्लुमा २०७५ फागुन १० गते एनसेल टाओरमा आगजनी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । र थप अनुसन्धान भईरहेको बताएका छन् ।

Facebook Comments Box