रोशी सहकर्मी–पौष २९,
धुलिखेल/

प्रारम्भिक बाल विकास केन्द्र काठमाण्डौको सहयोग गरे सँगै जिल्ला कारागार कार्यालय धुलिखेलमा साक्षरता कक्षा शुरु भएको छ । साक्षर जिल्ला घोषणाका लागी कैद भुक्तान गरीरहेका कैदी बन्दीहरुलाई साक्षर बनाउन कक्षा संचालन गरिएको जेलर जेवी राईले बताए । साक्षर जिल्ला घोषणका निमित्त १५ देखि ६० वर्ष उमेर समुहका व्यक्तिहरु साक्षर हुनुपर्ने व्यबस्था छ ।
राईका अनुसार २ सय ४२ जना कैदी बन्दीहरु अहिले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । ति मध्य २०८ जना साक्षर र ३४ जना पूर्ण निरक्षर रहेका छन् । भोली (माघ १ गते) बाट ३ महिना सम्म चल्ने कक्षामा दुई जना स्वयंसेवक शिक्षक रहने व्यवस्था मिलार्ईको छ ।
प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक पुस्पा बस्नेतद्धारा ३४ जनाका लागि आवश्यक पर्ने नेपाल सरकारको मान्यता प्राप्त तह १ का पाठ्यपुस्तक, पोषाक साथै साक्षर कक्षा संचालन गर्न आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री उपलब्ध भएसकेको छ ।

Facebook Comments Box