भकुण्डे, असोज १५
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–४ जोरसल्लामा बोलेरो दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । मंगलबार भकुण्डेबाट तेमाल तर्फ जाँदै गरेको बा २० च ९०४२ नम्बरको बोलेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट विद्युतको ट्रान्समिटर बोकेर गएको बोलेरो आफै अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ । घाईतेहरूलाई धुलिखेल अस्पतालमा ९ जना घाईतेहरूको उपचार भैरहेको प्रहरीको भनाई छ । त्यस्तै सामान्य घाईते भएका ७ जनाको भने नमोबुद्ध नगरपालिका नौविसेमा अवस्थित मेथिन्कोट अस्पतालमा उपचार भैरहेको जनाएको छ । उक्त बोलेरोमा चालकसहित १७ जना सवार थिए ।

Facebook Comments Box