रोशी सहकर्मी–पौष २९,
काभ्रे/

पठनपाठन ठप्प भएको भन्दै काठमाडौं विश्वबिद्यालयका बिद्यार्थी आन्दोलित भएका छन । काठमाडौं विश्वविद्यलाय प्राध्यापक संघ र कर्मचारी संघको आन्दोलनले १४ दिनदेखि पठनपाठन ठप्प भएको भएपछि उनीहरुले प्रशासनको ध्यानकर्षण गराउँदै बिरोध ¥याली निकालेका थिए । उनीहरुले काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसरभित्र रहेका विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनले पठनपाठनमा वेवास्ता गरेको आरोप लगाएका छन । पठनपाठन ठप्प भएको दूई हप्ता वितिसक्दा पनि कुनै वास्ता नगरेको भन्दै त्यसको विरोध स्वरुप मंगलबार विश्वविद्यलाय केन्द्रीय परिसर धुलिखेलमा विभिन्न नारा लेखेको प्ले–कार्डसहित जुलुस प्रदर्शन गरेका हु्न् ।
पढाई नै ठप्प हुँदा समेत प्रशासनले कुनै वास्ता नगरेको भन्दै अध्ययन गर्न आएका विद्यार्थीहरुको भविश्व अन्योलमा पार्नै काम कसैले पनि नगर्न आग्रह गरे ।पढ्न नपाएको जिम्मेवारी विश्वविद्यालय प्रशासनले लिनुपर्ने उल्लेख गर्दै विद्यार्थीहरुले बुबा आमाले छोरा÷छोरीको भविश्य उज्जवल पार्नको लागि भन्दै गरेको लाखौं लगानी खेरा जाने अवस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
काठमाडौं विश्वविद्यलायका सूचना प्रमुख डा. हेमराज काफ्लेले बन्दका कारण विद्यार्थीहरु जागरुक भएको र पठनपाठन सुचारु गर्न विश्वविद्यलाय खोल भनेर दवाव दिएको बताउनुभयो ।
यसअघि गरिएका निर्णयहरुको पूर्ण पालना गर्नुपर्ने माग राख्दै दुवै संघले पुस १५ देखि विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डीनहरु, परीक्षा नियन्त्रकको कार्यालय, टि.टि.सि., प्रशासकीय भवन लगायत धुलिखेल हाताका सम्पूर्ण कार्यालयहरु बन्द गरेको र क्यान्टिन सेवा वहिस्कार गरी आन्दोलन गर्दै आईरहेको छ ।

Facebook Comments Box