रोशी सहकर्मी–पौष २९,
धुलिखेल/

काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ११औं बार्षिक साधारणसभाले नारायणप्रसाद बडालको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा निर्बाचन अधिकृत रहेको निर्वाचन समितिले उपाध्यक्षमा लिला नेपाल, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रघुनाथ गौतम, सदस्यहरुमा शिवहरी लामिछाने, देवीप्रसाद तिमल्सिना, रविन्द्र बञ्जरा, शिवप्रसाद ढकाल, दीपक ढोडारी, त्यस्तै रत्नकुमार ठकुरी, माधव प्रसाद गौतम र दीपक नेपाल निर्बिरोध निर्बाचत भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव टिकाबल्दभ सापकोटाले यस उप्रान्त दुग्ध उत्पादन, बजार र विकासमा आम किसानहरुका समस्यालाई समाधान गर्न समितिले पहल गर्ने बताए ।
नयाँ कार्यसमितिले जिल्ला भरी संचालनमा आएका करिव ३ सय सहकारी संस्थाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन नयाँ समितिले काम गर्ने जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments