रोशी सहकर्मी–माघ १,
२०७६,होक्से/

पाँचखाल ८ होक्सेमा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ६७ औं स्थापना दिवस मनाएको छ ।
इसिडि देखि कक्षा १२ सम्म अध्ययन हुने जनता माविको स्थापना दिवसको उद्घाटन पाँचखाल नगरपालिकाका नगरप्रमुख संजय तामाङले गरे । पूर्व विद्यार्थी समेत रहेका तामाङले कार्यक्रममा सबैको सहयोग र योगदानले भौतिक संरचना बनेको जानकारी दिँदै अव शैक्षिक गुणस्तर बढाएर लैजान सबैको सहयोग आवश्यक रहेको बताए । बडा नं ८ का वडा अध्यक्ष समेत रहेका तामाङले आगामी दिनमा शिक्षा तर्फ लक्षित गरेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकारको तर्फवाट पूर्व विव्यस अध्यक्ष बुद्धिमान तामाङ, विद्यालयबारे प्रअ ताराकृष्ण नेपाली, स्वागत मन्तब्य शिक्षिका सुमित्रा न्यौपाने, आय व्यय लेखा सहायक सुस्मा तिमल्सिना, स्वागत गीत योगनाथ सत्याल लगायतले मन्तब्य राखेका थिए ।
विभिन्न प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रमको सभापतित्व विव्यस अध्यक्ष शिवबहादुर सापकोटाले गरेका थिए ।

Facebook Comments Box