रोशी सहकर्मी–माघ ४,
२०७४,काभ्रे/

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रका अनुसार आर्थिक बर्ष २०७३/०७४ देखी हाल सम्म सडक दुर्घटनाका कै कारण १६८ जनाको मृत्यु भएको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ अनुसार आर्थिक बर्ष २०७३/०७४ मा ६५ जनाको मृत्यु भएको छ । ६५ दुर्घटना भएको त्यस बर्ष २३१ जना घाईते भएका थिए ।
त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा ६१ दुर्घटना भएको थियो जसमा ४४ जनाको मृत्यु भएको थियो भने ६६ जना घाईते भएका थिए । त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ३७ जनाको मृत्यु भएको तथ्याङ रहेको छ भने २२२ जना घाईते भएका छन । १७९ वटा दुर्घटना भएका थिए । यस आर्थिक बर्षकाृे साउन देखी मंसिर सम्म २०२ दुर्घटना भइसकेका छन भने २२ जनाको मृत्यु भएको छ भने २१० जना घाईते भएका छन ।

Facebook Comments Box