रोशी सहकर्मी–माघ ५,
२०७६,काभ्रे/

अत्याधिक विद्युत चुहावट रहेको काभे्रमा बिद्युत चुहावट नियन्त्रण हुँदै गएको पाइएको छ । आर्थिक बर्ष २०७५/०७६ मा ३० प्रतिशतसम्म विद्युत चुहावट रहेको काभे्रमा अहिले १७.९० प्रतिशतमा आएको नेपाल विद्युत प्राधिकरणको काभे्र वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रका प्रमुख इन्जिनियर रञ्जनराज गुरुङले विद्युत चुहावट नियन्त्रणमा केन्द्र लगायत प्रादेशिक कार्यालयबाट उल्लेख्य सहयोग भइरहकाले चुहावट दर घट्दो क्रममा रहेको बताउनुभयो । आर्थिक बर्ष २०७५/०७६ को साउन महिनामा ३०.५ प्रतिशत विद्युत चुहावट रहेको थियो । उहाँले भन्नुभयो हामीले १७.९० प्रतिशत नियन्त्रणमा ल्याएका छौँ । यस आर्थिक बर्षभित्रमा १४.९४ प्रतिशतमा ल्याउने छौँ ।
यसैक्रममा नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले बिद्युत चुहावट र बाँकी बक्यौता उठाउने अभियान सुरु गरेको छ । केन्द्रले दैनिक रुपमा बिद्युत चुहावट रोक्न तथा बाँकी बक्यौता असुल्न पाँचखाल र मण्डनदेउपुर नगरपालिकासँग सम्झौता देखी कर्मचारी फिल्डमा खटाएर काम गरिरहेको जनाएको छ ।

Facebook Comments