रोशी सहकर्मी–बनेपा, असोज १५
दसैँ लागेसँगै सर्वसाधारणहरु खसीबोका किन्ने र गाउँबाट बेच्न आउनेहरूका संख्यामा बृद्धिहुन थालेको छ । काभ्रेको बनेपा बजार स्थित दशैँका लागि ल्याइएका खसीबोकाको किनबेच चलिरहेको छ । सरकारले जिउँदो खसीबोकाको मुल्य प्रति किलो ५ सय ५० तोकेको भए पनि व्यपारीहरूले आफूखुसी मुल्य लगाएर किनबेच गरिरहेको उपभोक्ताहरू बताउछन् । अहिले व्यपारीहरुले बनेपा बजारमा खसीबोकाको मुल्य प्रतिकेजी ६ सय देखि ८ सय सम्म लिने गरेको उनीहरुको गुनासो छ ।
जिल्लाभित्रको विभिन्न ठाउँहरू र जिल्लाबाहिर सिन्धुली, रामेछाप, दोलखा, र सिन्धुपाल्चोक जिल्ला आसपासबाट ल्याइएका खसीबोकाहरुको बनेपामा किनबेच हुने गर्दे आएको छ । चौपाय खरिद बिक्रि सेवा संघ बनेपाका अनुसार यसपाली बजारको माग अनुसार पर्याप्त खसीबोका गाउँ गाउँबाट आएका छन् । बजारको माग धान्ने कुरामा हामी विश्वस्त छौँ संघका अनुसार मुल्य सरकारले निर्धारण गरेको भए पनि चाढवाडको समयमा खरिद गर्दा नै महंगोमा किन्नुपर्ने बाध्यताकै कारण सरकारले तोकेको मुल्यमा उपभोत्तालाई बिक्रि गर्न सकिने अवस्था नरहेको जनाएको छ ।

Facebook Comments