२०७६ माघ ६,
पनौती/

पनौती नगरपालिकाले धार्मिक एवम् प्राचीन सहर पनौती घुम्न आह्वान गरेको छ । नेपाल भ्रमण बर्ष २०२० घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई पनौती ल्याउने नगरले योजना नै बनाएको छ ।
काठमाडौंबाट ३२ किलोमिटर मात्र टाढा रहेको पनौती प्राचीन मन्दिरको नगरका रुपमा चिनिन्छ । पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेले बाह्य तथा आन्तरिक पर्यटकले एक पटक पनौती घुम्नै पर्ने बताउनुभयो । ऐतिहासिक र प्राचीन मठमन्दिर रहेको नगर पनौती हो ।
नगरप्रमुख न्यौपानेले भन्नुभयो– यहाँका बाटा र पुराना गल्लीहरुमा काष्ठकला तथा प्रस्तरकला देख्न सकिन्छ । उहाँले नेपालमा अत्यन्तै प्रचलित पर्व–यमोरी पूर्णे– यहीबाट सुरुवात भएको , तीन वटा नदीहरु संगम त्रिवेणी रहेको ९रोसी नदी, पुण्यमती नदी र सबैले देख्न नसक्ने लिलावती नदी० र १६ औँ सदाब्तीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीको रुपमा रहेकाले पनि पनौती घुम्नै पर्ने ठाउँ रहेको बताउनुभयो ।
पनौती आउन यातायातको पनि सहजता रहेकाले आन्तरिक र बाह्य पर्यटक आगमन बढ्ने नगरले अपेक्षा लिएको छ । पनौती नगरपालिका वडा न २ का वडा अध्यक्ष एवम् पर्यटन प्रबद्र्धन समितिका सयोजक पुरुषोत्तम अधिकारीले होमस्टे, रिर्सोट, होटलको राम्रो प्रबन्ध रहेको पनौतीमा आउन काठमाडौं रत्नपार्कबाट सार्वजनिक बस ५र५ मिनेटको फरकमा सञ्चालन हुने गरेकाले पनि आउन सहज हुने बताउनुभयो ।
उहाँले धार्मिक पर्यटनसँगै पनौतीमा पर्यावरणीय, साँस्कृतिक र साहसिक पर्यटनका लागि पनि उपयुक्त रहेको बताउनुभयो । कुल ११८ बर्ग किलोमिटरमा रहेको पनौती हाइकिङ्गका लागि उपयुक्त रहेको उहाँको भनाई थियो । पनौती–नमोबुद्ध हाइक, बल्थली इको–टे«क, साँगा–पनौती कम्युनिटी हाइक रहेका छन । त्यस्तै गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक, वर्ड बाचिङ्ग ९चराको दृश्यावलोकन०, तामाङ साँस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने जनाइएको छ ।
प्याराग्लाइडिङ्ग, रक क्लाइम्बिङ्ग पनि गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । उहाँले कृषि पर्यटनसँग पर्यटकलाई जोड्न खोजेको बताउनुभयो । आलु खेती, धान, सुन्तला र दूध उत्पादानमा पर्यटकलाई जोड्न सकिने अधिकारीको भनाई छ ।
-गोरखापत्र बाट

Facebook Comments