रोशी सहकर्मी–माघ ७,
२०७६,(सिपाली)काभ्रे/

रोशी गाँउपालिका वडा नं ६ सिपाली घट्टेखोलामा राम सीता मन्दिर मुर्ति स्थापना गरिएको छ । मन्दिरको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका पूर्व सांसद क्षेत्र नं १ का सभापति तिर्थ लामा, रोशी गाँउपालिकाका अध्यक्ष दल बहादुर लामा लगायत उपस्थित अतिथिहरुले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

कार्यक्रम पछि बोल्दै रोशी गाँउपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडा अध्यक्ष पदम बहादुर लामाले मन्दिर स्थापनार्थ समुदायबाट २ लाख जम्मा भएको र गाँउपालिकाले ५ लाख आर्थिक सहयोग गरेको बताए । यस मन्दिरले हिन्दु संस्कारको जगेर्णा गर्न सहयोग पुग्ने उनले बताए । राम सीता मन्दिरमा गुरु रामहरी सिग्देल साथै भजन किर्तन मण्डलले हरेक महिनाको एक पटक भजन किर्तन गर्नेछन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भु सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमका अतिथि रोशी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौला, वडा नं ७ का वडा अध्यक्ष पोष्ट राज गौतम, वडा नं ८ का वडा अध्यक्ष मिकास जित लामा, वडा नं ६ का वडा सदस्यहरु, कर्मचारीहरु साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । साथै सो कार्यक्रमका व्यवस्थापक प्रकाश रेग्मी, दिपक चौँलागाई, तारानाथ उप्रोती, रिक बहादुर तामाङ, भगवान मैनाली उपस्थित रहेका थिए भने कार्यक्रमको संचालन शुसील राज उप्रतिले गरेका थिए ।

Facebook Comments