रोशी सहकर्मी–बनेपा, असोज १५
काभ्रे जिल्लाका स्थानीय तहहरूले सडकको ट्रयाक खोले पनि स्तरोन्नती नगर्दा दशैका लागि घर फर्कने सर्वसाधारणहरू मर्कामा परेका छन् । नेपालीहरूको महान चाड वडा दशै शुरु भई सक्दा पनि काभ्रे जिल्लाको ग्रामीण भेगको यातायात सेवाअझै सुचारु हुन सकेको छैन । जिल्लाको विकट मानिने महाभारत गाउँपालिकाको केन्द्र र खानीखोला गाउँपालिकाको केन्द्र पुग्ने सडक अझै सुचारु हुन सकेको छैन । त्यस्तै जिल्लाको कोशीपारी भेगको ट्रयाक मर्मत सम्भार नगर्दा यातायात जोखीम पूर्ण छ । दशैका लागि अत्यावश्यक पर्ने सामग्रीहरू ग्रामीण भेगको स्थानीयहरू घण्टौँ लगाएर बोकेर लैजानु पर्ने बाध्यता छ ।
जिल्लाका १३ वटै स्थानीयतहरुमा ट्र्याक मात्रै खोलिएका सडकका कारण वर्षात्सँगै यातायात अवरुद्ध हुन्छ । दाप्चा, तेमाल, भुम्लु, चौरीददेउराली गाउँपालिकाका विभिन्न वडा, बेथानचोकको च्याम्राङबेसी, मण्डनदेउपुरका विभिन्न वडा लगायतका क्षेत्रमा सडकको अवस्था दयनीय भएकाले यात्रुहरू कष्टकर तरिकाले जोखिमपूर्ण यात्रागर्न बाध्य छन् । नगरपालिका घोषणा भएका नमोबुद्ध, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मण्डन देउपुरका भित्री र ग्रामीण सडकसमेत उत्तिकै जोखिमपूर्ण छन् । ग्रामीण भेगमाथोरै गाडी चल्ने भएकाले यात्रुको चाप बढी छ । वर्षाको समयमा झनै कम चल्ने भएकाले छतमा समेत यात्रागर्दा दुर्घटना बढ्ने गरेको छ  ।

Facebook Comments