रोशी सहकर्मी–माघ १०,
२०७६, भकुण्डे/

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. शाखा कार्यलय भकुण्डेबेशीले आयोजना गरेको एक दिने निःशुल्क दन्त शिविरमा १६० जना लाभान्वित भएका छन् । विन्धवासिनी साकोस सेवा कार्यलय भकुण्डेको प्राङ्गणमा भएको कार्यक्रममा नमोबुद्ध नगरपालिका साथै रोशी गाँउपालिकाका दन्त विरामीले लाभ लिएका हुन् ।
नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिना प्रमुख अतिथि रहेका कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्व रहेको थियो । उक्त शिविरमा प्रिमियर डेन्टल क्लिनिक बनेपाका डा.बिप्लब अधिकारीको टोलीले सेवा दिएका थिए । उक्त शिविरमा निशुल्क दन्त परिक्षण, औषधि वितरण, ब्लडप्रेशर जाँच, दाँत सफा गर्ने, दाँत फुकाल्ने साथै दाँत सम्बन्धि सेवाहरु प्रदान गरिएको थियो ।

Facebook Comments