अशोक बुद्ध लामा, असोज १५
स्वच्छ खानेपानीका लागी शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलले काभ्रेको सानो गिम्दी र रजवासमा फिल्टर वितरण गरेको छ । विन्ध्यवासिनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति रोशी ९ को सहयोगमा संस्थाले फिल्टर बितरण गरेको हो । संस्थाले आज एक कार्यक्रम गरि उक्त सामग्री स्थानीयवासी समक्ष हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष शंख बुद्ध लामाले गिम्दी र रजवासमा गरि ४७ घरधुरीलाई पानी फिल्टर वितरण गरेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी ग्रामीण खानेपानी तथा सरसफाइ कोष समिति सदस्य तथा अनुगमन समिति संयोजक सहदेब बोगटीले फिल्टर हस्तान्तरण गर्दै अब ढुक्कले पानी पिउन भने ।
त्यस्तै संस्थाका अध्यक्ष शंख बुद्ध लामाले असुरक्षित पानीबाट लाग्ने आउँ, हैजा जस्ता रोगमा कमी आउने आशा व्यक्त गर्दै सुरक्षित पानीले मानिस स्वस्थ हुने भएकाले वितरण गरिएको बताए । २०४८ सालमा स्थापना भएको यस संस्थाले जिल्लामा थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

Facebook Comments Box