रोशी सहकर्मी–माघ १०,
२०७६,भकुण्डे/

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यलय भकुण्डेले बार्षिक उत्सवको अवसरमा बिधार्थिहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं ७ भकुन्डेबेशिमा रहेको शाखा कार्यलयले ५५ औँ बार्षिकउत्सवको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गर्दै उक्त सामग्री वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चाँपागाईले नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेको जनहित माध्यमिक बिधालयका उत्कृष्ट बिधार्थिहरुलाई कापी वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै चापागाईले सेवाग्राहिहरुबाट आएको गुनासोलाई सुझाबको रुपमा लिएर आगामी दिनमा उत्कृष्ट सेवा दिन बैंक लाग्नुपर्ने बताउँदै शुभकामना दिए ।
कार्यक्रममा नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसु नारायन श्रेष्ठ, नमोबुद्ध चेम्बर अफ कमर्सका अध्यक्ष बिदुर प्रसाद बर्तौला, नमोबुद्ध नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्म लामा, भकुण्डे प्रहरी चौकीका इन्चार्ज अशोक महतो, विभिन्न बैंकका शाखा प्रवन्धकहरु उपस्थित कार्यक्रममा बैंकका शाखा प्रवन्धक सुजन कुमार ढकालकले सभापतित्व ग्रहण गरेका थिए । उक्त अवसरमा बैंकले उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान पत्र सहित सम्मान गरेको थियो । बैंकले माघ १० गते लाई बार्षिक उत्सवको रुपमा मनाउदै आएको छ ।

Facebook Comments