रोशी सहकर्मी–माघ १०,
२०७६,नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ मा भोली (शनिबार) वृहत सोनाम ल्होछार कार्यक्रम हुँदै छ । साँस्कृतिक विविधता हाम्रो पहिचान, यसको प्रर्वधन र संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ वडा नं ७ को आयोजनामा हुने कार्यक्रमको सबै तयारी पुरा भईसकेको वडा अध्यक्ष धर्म लामाले बताएका छन् । साथै उनले कार्यक्रममा सबैजना आउन आवहान पनि गरेका छन् ।
भिजिट नेपाल २०२० सफल पार्न तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्याउने उद्धेश्यका साथ सोनाम ल्होछार मुल आयोजक समिति गठन गरि नमोबुद्ध नगरपालिका वडा नं ७ को सहयोगमा यस कार्यक्रम हुन लागेको हो । भकुण्डेको लामा जक्सनमा हुने सो कार्यक्रममा प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङ, काभ्रेबाट निर्वाचित प्रदेश सभा सांसदहरु साथै विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने समितिले जनाएको छ । साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको आयोजक समितिले जनाएको छ ।

Facebook Comments