रोशी सहकर्मी–माघ १०,
२०७६,भकुण्डे(कुटुम्ब रिसोर्ट)/

एकिकृत सामुदायिक विकास परियोजनाको सामाजिक परिक्षण तथा नगर स्तरीय परियोजना सल्लाहाकार समितिको बैठक भकुण्डेबेशीको कुटुम्ब रिसोर्टमा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा नमोबुद्ध नगरपालिकाका ३ वटा वडामा सञ्चिालित विभिन्न परियोजनाको बारेमा अन्तरक्रिया भएको थियो । ब्राक नेपालको आयोजनामा फोएप नेपालको आर्थिक सहयोग रहेको यस परियोजना नमोबुद्ध नगरपालिकाको वडा नं १, २ र ११ मा संचालित छन् ।
नगरमा संचालित परियोजनाको मुख्य उद्देश्य किशोरी समुह गठन गराई दुव्र्यबहार तथा विभेदको विरुद्धमा उनिहरुलाई सक्रिय गराउने, किशोरी तथा गरिब किसानहरुको जिविकोपार्जनमा सहयोग पुर्याई सरल र सुखी जिवनयापनमा टेवा पुर्याउने रहेको छ । बिशेष गरी किशोरीहरुको क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्ने यस संस्थाले किशोरीहरुको लागी सशक्तिकरण तथा जिविकोपार्जन, स्वास्थ्य, कृषि तथा पशुधन लगायतका कार्यक्रमहरु पनि संचालन गरेको छ ।

Facebook Comments Box