रोशी सहकर्मी–माघ १०,
२०७६,काभ्रे/

भारत सरकारले बनाउन जिम्मा लिएका काभ्रेका १० विद्यालय अझै पुनर्निर्माण सुरु हुन सकेको छैन । भूकम्पबाट क्षति भएका काभ्रेका १० विद्यालय भवन भारत सरकारको सहयोगमा पुनर्निर्माण गर्ने सहमति भएको थियो । भूकम्प गएको ५ वर्ष पुग्न लाग्दा पनि भारतीय दूतावासले पुनर्निर्माण गर्ने जिम्मा लिएको विद्यालय भवनको काम अझै सुरु हुन नसकेको हो । काभ्रेमा भूकम्पबाट सामुदायिक र निजी गरी ६ सय ९० विद्यालयमा क्षति पुगेको थियो। तीमध्ये भारतीय दूतावासले १० वटा सामुदायिक विद्यालयको भवन पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो ।
भूकम्पलगत्तै पुनर्निर्माण सुरु गर्ने भनिएकामा हालसम्म काम सुरु नहुँदा विद्यार्थी जीर्ण, भूकम्पले चर्किएको र भत्किएको भवनमा बसेर पढ्न बाध्य छन् । भारतीय राजदूतावासले भैरव मावि गोकुले, खाँडादेवी मावि नाग्रेगगर्चे, कानपुर मावि कानपुर, भगवती मावि खरेलथोक, लक्ष्मी नारायण मावि श्यामपाटी, आजाद मावि बनेपा, आजाद मावि बालुवा, शारदा मावि सुन्थान, जनहित मावि मिल्चे र दुग्धेश्वर मावि पाँचखालको भवन पुनर्निर्माणको जिम्मा लिएको होे ।

Facebook Comments Box