असोज १६,
यसपाली दशैँमा टीकाको साइते बिहान १० बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २१ गते मंगलबार टिका लगाउने उत्तम साईत रहेको छ । यो साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।
संस्थानअन्तर्गतका दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत देशका विभिन्न शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समिति सक्रिए गराईएको काठमाडौं शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिएका छन् ।
सर्वसाधरणका लागी महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै खुला हुने भएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सकिले व्यवस्थन गरिएको छ । त्यस्तै पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउने बताइएको छ र पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको संस्थानले जानकारी दिएको छ ।

Facebook Comments