रोशी सहकर्मी–माघ ११,
२०७६,नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ लामा जक्सनमा वृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” मुसा वर्षको अवसरमा भिजिट नेपाल २०२० सफल पार्न तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्याउने उद्धेश्यका साथ कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङ, काभ्रेबाट निर्वाचि प्रदेश सभा सांसद बसुन्धरा हुमागाँई, रत्न ढकाल, चन्द्र लामा, गंगा बहादुर दोङ, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा, नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्मा तिमल्सिना, नगर सभापति मुन्साङ लामा, नेकपाका नेता ईन्द्र तामाङ, वडा अध्यक्षहरु साथै विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साँस्कृतिक विविधता हाम्रो पहिचान, यसको प्रर्वधन र संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ वडा नं ७ को आयोजना रहेको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
नमोबुद्ध नगरपालिका वडा नं ७ को सहयोग रहेको यस कार्यक्रम सोनाम ल्होछार मुल आयोजक समिति गठन गरी सम्पन्न भएको संयोजक तथा वडा नं ७ का अध्यक्ष धर्म लामाले बताए ।

Facebook Comments