रोशी सहकर्मी–माघ ११,
२०७६,काभ्रे/

स्थानीय सरकारले ल्होसारको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छन । तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ सोनाम ल्होसारको अवसरमा चार गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको हुन । रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाले माघ १०, ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हुन । स्थानीय तहले बार्षिक छ दिन सम्म स्थानीय पर्व लागयतमा बिदा दिन पाउने छन ।
रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबि)ले जानकारी दिनुभयो । सबै पर्वलाई संविधानले दिएको अधिकार अनुसार स्थानीय पर्वलाई सार्वजनिक विदा दिने गरिएको लामाले बताउनुभयो । त्यसैगरि तेमाल गाउँपालिकाले २०७६ पौष २५ गते बेसेको छैटौ गाउँसभाको निर्णय अनुसार ल्होसारको अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको तेमालको सबै वडामा तीन दिन विदा दिने सूचनामा उल्लेख छ ।
महाभारत गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । माघ ९ गते बसेको गाउँकार्यपालिकाको बैठकले माघ १०, ११ र १२ गते सार्वजानिक विदा दिने निर्णय गरेको जिम्बाले जानकारी दिनुभयो । त्यस्तै खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलालले तीन दिन ल्होछारको बिदा दिएको बताउनुभयो । सार्वजनिक विदामा सबै वडा गाउँपालिका अन्तर्गत रहेका वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पुर्ण संघ संस्थाहरु बन्द हुने उल्लेख गरिएको छ ।
सोनाम ल्होसारमा तीन दिन सार्वजनिक विदा दिन जिल्लाका स्थानीय सरकारहरुले गत वर्षदेखि नै हो ।

Facebook Comments