रोशी सहकर्मी–माघ १२,
२०७६,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ५ स्थित ३७ किलोमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का प्रदिप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पाँचखाल नगरपालिका वडा नं ५ सईतिस किलो स्थित अरनिको राजमार्गमा करीब १२ः३० बजे पाँचखाल बाट खावा तर्फ आँउदै गरेको बा ८५ प ६०२६ नं को मोटरसाईकल र सोहि दिसा बाट आँउदै गरेको बा ४ ख ११४५ नं को टिफरले मोटरसाईकललाई पछाडी बाट ठक्कर दिँदा माटरसाईकलमा सवार २ जना ब्यक्ती घाईते भएका थिए । लगतै उपचारको लागी धुलिखेल अस्पताल पठाईएका थियो । घाईते रामेछाप जिल्ला सालु गाँउपालिका २ बस्ने २८ वर्षिय समर मगर र मोटरसाईकल चालक मण्डनदेउपुर नगरपालिका वडा नं ७ बस्ने बर्ष अन्दाजी ३०–३२ का प्रदिप श्रेष्ठलाई अस्पताल लगिएको र उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकल, टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments