रोशी सहकर्मी–माघ १२,
२०७६,काभ्रे/

पाँचखाल नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ क्रिष्टल माला बनाउने तालिम दिएको छ । नगरपालिकाले ‘महिला लक्षित स्वरोजगार शिप सम्बन्धि’ ५ दिने क्रिष्टल माला सेट बुन्ने तालिम दिएको हो । वडाका माग अनुसार वडा नं ५ मा क्रिष्टल माला बुन्ने तालिम दिईएको पाँचखाल नगरपालिका महिला तथा बालबालिका शाखाका पुण्यदेवी श्रेष्ठले जानकारी दिनुभयो । क्रिष्टल माला बनाउने तालिममा पुण्यबती श्रेष्ठ, निर्मला विक, लक्ष्मी विक, प्रमिला केसी लगायतले सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रममा पाँचखाल नगरको उपप्रमुख लक्ष्मी दनुवारले यस्ता तालिमबाट महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउने भएकोले शिपमुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले संघर्ष तथा मेहनतले जीवन नै परिवर्तन हुने भएकोले यस तर्फ ध्यान दिन अनुरोध गर्दै जे गर्न पनि शिपको आवश्यक पर्ने भएकोले सिकेका कुरालाई व्यवहारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता संजय तामाङले अनुभवलाई पेशा बनाएर काम गर्न अनुरोध गर्नुभयो । उहाँले शिप सिकेर व्यवसायिकरण गर्न नगरले सहयोग गर्ने पनि बताउनुभयो । नेपाल प्रेस यूनियन काभ्रेका अध्यक्ष एवं पाँचखाल नगरका प्रेस सल्लाहकार कपिल कोइरालाले शिप सिक्नु अवसर भएको बताउँदै त्यसलाई प्रयोग गर्न अनुरोध गर्नुभयो ।
वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागि विमला पराजुलीले माग अनुसारको तालिम आएकोले सिकेको शिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरले सबै वडामा के सिक्न चाहन्छन भनेर सर्वे गरिसकेको र त्यसै अनुसार महिलाहरुलाई तालिम गर्दै जाने नगरपालिकाले जनाएको छ ।

Facebook Comments