रोशी सहकर्मी–माघ १४,
२०७६,काभ्रे/

काठमाडौं बिश्व बिध्यालय (केयू) २८ दिनपछि खुल्लेको छ । आजबाट पठनपाठन सुरु भएको छ भने उपकुलपति र रजिष्टारको कार्यलय भने अझै बन्द रहेको छ । प्राध्यापक र कर्मचारीले पुस १६ देखी तालाबन्दी गरेपछि बिश्वबिद्यालयको पढाई सञ्चालन हुन सकेको थिएन । केयूले पटक पटक गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी र प्राध्यापकले गत पुस १६ गतेबाट तालाबन्दी गरेका थिए । आन्दोलनरत प्राध्यापक संघका अध्यक्ष बेदमणि दाहालले पढाई सुचारु गर्न ताला खोलेको जानकारी दिनुभयो । हामीले विश्वबिद्यालयको पढाई सुचारु गर्न दिएका छौँ । तर उपकुलपतिको कार्यालय र रजिष्टारको कार्यालयको ताला भने सहमति पछि मात्र खोल्छौँ, उहाँले भन्नुभयो । माघ १३ गते बसेको काठमाडौं विश्वबिद्यालयको विशेष सभाले माघ २१ गते बस्ने सभाले सहमति कार्यान्वयन गर्ने जनाएको उहाँले जानकारी दिनुभयो ।
आन्दोलनरत पक्षले गत साउन २३ गते देखी भदौ ३० सम्म तालाबन्दी गरेका थिए । त्यतीखेर काठमाडौं विश्वबिद्यालयले चार बुँदे सहमति गरेपछि ताला खुलेको थियो । उनीहरुले अहिले पनि त्यो सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै तालाबन्दी गर्दै आएका छन । त्यस समयमा केयूले प्राध्यापक संघ र कर्मचरी संघसँग लाई बिश्वबिद्यालयबाट आधिकारिक मान्यता दिने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानबिन गर्ने र वृत्ति विकासलगायतका विषयमा सहमति भएको थियो  ।

Facebook Comments Box