रोशी सहकर्मी–माघ १४,
२०७६,काभ्रे/

पनौती नगरपालिका वडा न ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवस आज सम्पन्न भएको छ । सहकारीको केन्द्रीय कार्यालय पनौतीमा एक कार्यक्रमका बीच स्थापना दिवस सम्पन्न भएको थियो । प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्वमा स्थापना दिवस मनाइएको थियो ।

कार्यक्रममा रजत बर्षको उपलक्ष्यमा विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीले आफ्नो संस्थाको सदस्य रहेर विशिष्ट योग्दान पु¥याएको भन्दै बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाई, पनौती नगरपालिका उपप्रमुख गीता बन्जरा, बेथाञ्चोक गाउँपालिका उपाध्यक्ष सरिता लामिच्छाने, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, साहित्यकार सूर्यप्रसाद लाकाजू, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, तेजगंगा क्याम्पस प्रमुख प्रा.डा अम्बुभवानी कार्की लगायतलाई विशिष्ट सम्मान गरिएको थियो । कार्यक्रम जेष्ठ सदस्य १९ जना शेयर सदस्यलाई नगद २५ सय सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Facebook Comments Box