रोशी सहकर्मी–माघ १६,
२०७६,धुलिखेल/

पनौती र बनेपाका करिब एक लाख जनतालाई गुणस्तरीय र स्वच्छ खानेपानी असार सम्ममा आउने आयोजनाले जनाएको छ । एशियाली विकास बैङकको ऋण सहयोगमा निर्माण सुरु भएको धुलिखेल, बनेपा र पनौती नगरपालिकाको खानेपानी आयोजनाबाट बैङक बाहिरिए पनि समय मै पुरा गर्ने जनाएको हो ।
सन् २०१९ डिसेम्बर ३१ देखी एशियाली विकास बैङ्क आयोजनाबाट बाहिरिएको छ । धुलिखेल, बनेपा र पनौती नगरपालिका करिब एक लाख बासिन्दालाई शुद्ध र गुणस्तरीय खानेपानी खुवाउने उद्धेश्यले २०७० जेठ महिनाबाट नेपाल सरकार, एशियाली विकास बैङक र बनेपा–धुलिखेल–पनौतीहरु संयुक्त लागत सहभागितामा मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सुरु भएको थियो ।
आयोजना क्षेत्र विस्तार, स्थानीय सामाजिक समस्याका कारण समय मै काम नसकिएपछि एशियाली विकास बैङ्कले पटक÷पटक म्याद थपेको थियो । तर थपिएको समयमा काम सकिन भने सकेन । काभे्र उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवम् धुलिखेल नगरपलिकाका प्रमुख अशोककुमार व्याञ्जूले बाँकी रहेको काम नेपाल सरकारले पूरा गर्ने प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ । उहाँले आयोजनाको ९७ प्रतिशत काम सकिएकाले बाँकी रहेको काम तत्काल सकेर असार १५ सम्ममा नगरबासीलाई खानेपानी खुवाउने विज्ञप्ती मार्फत प्रतिबद्धता जनाउनुभएको छ ।

Facebook Comments Box