रोशी सहकर्मी–माघ १७,
२०७६/

काभ्रेपलाञ्चोक घर भएका दुई युवती भारत तर्फ लाँदै गरेको अवस्थामा उद्धार गरिएको छ । वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका उनिहरुलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै उनीहरुलाई लैजाँदै गरेका एक जनालाई मानव बेचबिखनको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेलले जानकारी दिए । अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँको जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट ’साना हातहरु नेपाल’ नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए । सुदिपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको डिएस्पी राजेन्द्र पोखरेलले जानकारी दिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षण गृहमा राखिएको छ ।

Facebook Comments Box