रोशी सहकर्मी–माघ २०,
२०७६,काभ्रे/

गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन् । काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, मुगु, भोजपुर, इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, डोल्पामा प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । काभ्रेमा श्रवणकुमार तिमिल्सेना, सिन्धुपाल्चोक उमेशकुमार ढकाल, सुर्खेतमा रमेश न्यौपाने, नवलपरासी पूर्वमा पिताम्बर घिमिरे, रामेछापमा रूद्रादेवी शर्मा, इलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौलोचन सैंजु, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी र पर्सामा विष्णुकुमार कार्कीको काज सरूवा भएको छ । खोटाङमा शालिग्राम शर्मा पौडेल, सल्यानमा शिवराम पोखरेल, डडेल्धुरामा जगनाथ पन्त, मुगुमा कृष्णकुमार निरौला, भोजपुरमा बसन्तराज पुरी, डोल्पामा सुरेश सुनार नयाँ प्रजिअ तोकिएका हुन् ।

Facebook Comments