रोशी सहकर्मी–माघ २०,
२०७६,काभ्रे/

जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेका बिद्यार्थीलाई एउटै रंगको पोषाक वितरण गरेको छ । नगरपालिकाले नगर भित्र संचालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई एकै रंगको पोषाक वितरण गरेको हो । पालिकाले वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषाकमा एकरुपता होस् भन्ने उद्देश्यले वितरण गरिएको प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।
कुल १२ वटा वडा रहेको नगरमा चालु आर्थिक बर्षको मंसिर महिनाबाट पोसाक वितरण सुरु गरिएको थियो । हाल वडा नं १० बाहेक सबै वडामा गरी ५ हजार २ सय बिधार्थीहरुलाई निःशुल्क कपडा वितरण गरिसकिएको प्रवक्ता आचार्यले बताए ।
मण्डनदेउपुर नगरपालिकाभित्र बाल विकास, आधारभूत र माध्यामिक विद्यालय गरी ४० वटा विद्यालय संचालनमा रहेका छन् ।

Facebook Comments