रोशी सहकर्मी–माघ २१,
२०७६, खार्पाचोक/

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युतीय चुलो प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । रोशी गाउँपालिकाको वडा न ८ खार्पाचोकमा टोल सुधार समितिद्धारा आज आयोजना गरिएको २८५६ औँ सोनाम ल्होछारको कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
बिद्युतीय चुलो प्रयोगले स्वास्थ्य, मूल्य र समयको समेत बचत हुने उहाँको तर्क थियो । ग्यास चुलो भन्दा बिद्युतीय चुलो हरेक हिसाबले सस्तो सहित सुलभ समेत भएको बताउनुभयो । कार्यक्रममा घिसिङले काभे्र जिल्लाका सबै स्थानीय तहमा डेढ बर्षभित्रमा केन्द्रीय बिद्युत लाइन जडान गरिने बताउनुभयो । उहाँले खार्पाचोकका स्थानीयले काठको पोल फेर्नुपर्ने र ट्रान्सफर्मर सानो वाटको गुनासो गरेका थिए । उहाँले स्थानीयको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएपछि पहिलो पटक खार्पाचोक आउनुभएका कुलमान घिसिङ र उहाँकी पत्नी दीपा घिसिङ्लाई खार्पाचोक वासीले भव्य स्वागत गरेका थिए । कार्यक्रममा कुलमान घिसिङलाई जेष्ठ नागरीकहरुद्धारा सम्मान पत्र सहित सम्मान गरिएको थियो । साथै कार्यक्रममा स्नातकोत्तर पुरा गरेका खार्पाचोक युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङ र उषा घिसिङलाई कुलमान घिसिङले सम्मान गर्नुभएको थियो ।

रोशी गाउँपालिका वडा न ८ का वडा अध्यक्ष मिकासजीत लामाले २५ वाटको ट्रान्सफर्मरबाट ८० घर धुरीले वत्ती बाल्नुपर्ने बाध्यतामा रहेको गुनासो राख्नुभएको थियो । साँझ पख भएपछि लोड बढी भएका कारण बत्ती समेत नबलेको उहाँको भनाई थियो ।

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष विजय घिसिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा खार्पाचोक स्वास्थ्य चौकीका इन्चार्ज मोहन पौडेल, खार्पाचोक युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङ, केन्द्रिय तामाङ घेदुङ संघका उपाध्यक्ष कुमार घिसिङ, इन्द्रोदय आधारभुत विधालयका प्रधानाध्यापक ग्याल्छन लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक, बिधार्थी, समाजसेवी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा घिसिङ टोल सुधार समितिका सचिब निर बहादुर घिसिङले स्वागत मन्तव्य राखेका थिए भने रञ्जित तामाङले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments Box