रोशी सहकर्मी–माघ २२,
२०७६,काभ्रे/

रोशी गाँउपालिकाका अध्यक्ष दल बहादुर (डि.बि.) लामाले बिकाशको काममा कसैले अबरोध नगर्नु भनेका छन् । केहि स्थानमा बिपक्षिले विकास निर्माणको काममा अबरोध सिर्जना गरेको भन्दै सबै मिलेर आफ्नो गाउँ बनाउन लागि पर्नुपर्ने भनेका छन् । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १० वाल्टिङ्गमा बन्ने वडा कार्यलयको शिलान्यास गर्दै उनले यस्तो भनेका हुन् । आज एक कार्यक्रमका बिच लामाले उक्त भवनको शिलान्यास गरेका हुन् ।
अध्यक्ष डि.बी. लामाले गाउँपालिका अध्यक्ष जस्तो पद जनताले यसै दिएका हैनन् भन्दै आफु जनताकै सेवकको रुपमा काम गरिरहने बताए । आफुहरु जनताको प्रतिनिधी भएको कारण सधै जनताको साथमा रहेको पनि सुनाए । उनले “जनताको समस्या समाधानकै लागि वाल्टिङ्गमा पक्कि भवन बन्न लागेको हो”–लामाले थप्दै “रोशी गाउँपालिकामा १२ वटा वडा मध्ये वाल्टिङ्गले पहिलो चोटी बनाउन लागेको भवन चाडैं बन्नेमा बिश्वस्त छु” भने ।
“म काँग्रेसबाट निर्वाचित भएको गाउँपालिका प्रमुख हुँ, तपाईहरुले काँग्रेसको रुपमा भन्दा पनि समग्र जनताको प्रतिनिधीको रुपमा हेर्न आग्रह गर्छु” । अहिलेको समय विकास र समृद्धीतर्फ लाग्नु भएको भन्दै समग्र रोशीको विकास र समृद्धीको लागि आफुले कुनै पनि कसर बाँकि नराख्ने बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले संघियताको कार्यन्वयन सँगसगैं रोशी क्षेत्रको प्रशासनिक कामका बारेमा आफुहरु सधैं लागी परेको बताएका थिए । उनले रोशी क्षेत्रको बजेटमा महिला बालबालिकाका, शिक्षा र कृषि क्षेत्र लाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
त्यस्तै रोशी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङले विगतमा बिभिन्न समस्याका बाबजुद प्रशासनिक कामहरु गरिदैं आएकोमा पक्कि भवन बन्ने निश्चित भएपछि जनताहरुमा खुसियाली छाएको बताए ।
कार्यक्रममा वडा सचिव तोरण राना क्षेत्री, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक धर्मजंग थिङ, जनप्रतिनिधि, विभिन्न बिधालयका प्रतिनिधिहरु, राजनीतीक दलका प्रतिनिधि लगायत वडा वासीहरुको सहभागिता रहेको थियो ।
३० लाख बजेटमा निर्माण सम्पन्न हुने उक्त भवनमा १० कोठा रहने साढे २ तल्लाको हुनेछ । भवन यसै आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्षय लिईएको छ ।

Facebook Comments