रोशी सहकर्मी–माघ २३,
२०७६,काभ्रे/

जिल्लाको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले शव परिक्षण (पोष्टमार्टम) गर्दै आएको थियो भने अब धुलिखेलमा रहेको धुलिखेल अस्पतालले पनि शव परिक्षण गर्ने भएको छ । काभ्रेको सदरमुकाम धुलिखेलमा अवस्थित धुलिखेल सामुदायिक अस्पतालले शव परीक्षण सेवा सुरु गर्न लागेको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले बताए । कनै पनि किसिमको दुर्घटनामा ज्यान गुमाएका, संकास्पद मृत्यु, आत्माहत्या अदिको शव पोष्टमार्टम गर्ने गरिन्छ ।
अस्पतालले नेपाल सरकारसँग शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा सञ्चालनका लागि अनुमति मागेको थियो ।
सरकारले सञ्चालन अनुमति दिए सँगै अब छिट्टै पोष्टमार्टम सहितको सेवा सञ्चालन गर्ने निर्देशक माकजुले बताए । काभ्रे जिल्ला भरिका शव एउटा मात्रै अस्पतालमा परिक्षण हुँदा सास्ती खेप्नु पर्ने वाध्यता हट्ने डाक्टरहरु बताँउछन् ।

Facebook Comments Box