रोशी सहकर्मी–माघ २३,
२०७६, कटुञ्जे/

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा पालिका स्तरीय सहकारी समन्वय समितिले ज्ञानेन्द्र लामाको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
रोशी बचत तथा ऋण सहकारी संस्था लि.का ज्ञानेन्द्र लामा अध्यक्ष रहने समितिको सह–संयोजकमा बबिता बोहरा (एकिकृत शिखर महिला सहकारी), सचिवमा विकास लामा (रोजिना बचत तथा ऋण सहकारी संस्था), सदस्यहरुमा नवराज लामा, तुल बहादुर राना मगर, रिता कोइराला, निर्जला आचार्य, तिलरुपा राय, श्याम कार्की, सुरेन्द्रकुमार राय र कर्म लामा रहेका छन् ।
जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने लक्ष्य लिएको छ ।
गाँउपालिका उपाध्यक्ष लाक्ष्मी कुमारी बर्तौलाको प्रमुख आतिथ्यता रहेको उक्त भेला जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीको सभाततित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहाल, वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम, वडा नं १० का वडा अध्यक्ष दुधराज तामाङ, वडा नं ११ का वडा अध्यक्ष मिलन लामाको आतिथ्यता रहेको थियो भने गाँउपालिकाका १२ वटा वडा भरी संचालित सहकारी संस्थाका अध्यक्ष प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भेलामा जिल्ला सहकारी संघ लि ले जिल्ला सहकारीको भूमिका, हालसम्मका कार्यहरुका बारेमा जिल्ला सहकारी संघ लि.का सचिव दिलिप शर्माले प्रस्तुत गरेका थिए ।

Facebook Comments