यश कुमार परियार-माघ २४,
२०७६-नमोबुद्ध नगरकार्यपालिका/

नमोबुद्ध नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । नमोबुद्ध नगरपालिकाले खानीजन्य सामाग्रीको राजश्व संकलन गर्दै आएकोमा चरम भ्रस्टाचार देखिएपछि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा छापा मारेको हो । अख्तियारको टोलीले आवश्यक कागजात संकलन गरी अनुसन्धान सुरु गरिएको बताएको छ ।
यता अख्तियारको टोलीले नगरपालिकामा छापा मारे सँगै छानबिन समितिका तिन जना पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा नं ७ का वडा अध्यक्ष धर्म सिं लामा, वडा नं २ का वडा अध्यक्ष सञ्जीव ढकाल र कर्मचारी सदस्य सचिव राजिव श्रेष्ठ रहेका छन् । उनीहरुले अपरान्ह प्रेस विज्ञप्ती जारी गर्दै सामुहीक राजीनामा दिएका हुन् ।
विज्ञप्तिमा “निरन्तर रुपमा विभिन्न संचार माध्यममा हाम्रो समेत नाम जोडिएर आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । छानविन गर्नुपर्ने सदस्यहरु माथि नै प्रश्न उठेपछि सो समितिमा रहेर छानविन गर्न नैतिक रुपमा समस्या पैदा भएकाले छानविन प्रकृयालाई सहज निष्पक्ष र पारदर्शिता बनाउन एवं सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनि सामुहिक राजीनामा दिईको छ” भनिएको छ ।

नगरपालिकाको बोर्ड बैठकले १५ दिनको समय तोक्दै वडा अध्यक्ष एवं लेखा समिति अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा धर्म सिं लामा, सञ्जीव ढकाल र कर्मचारी राजिव श्रेष्ठ सदस्य सचिव रहेका थिए । समितिमा नेपाली कांग्रेसबाट निर्वा्चित वडा अध्यक्ष कुलप्रसाद न्यौपानेलाई पछि थप गरिएको थियो ।
नमोबुद्ध नगरपालिकाको प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्कबाट असुल हुने राजश्वमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रहरी प्रशासनकै संलग्नता देखिए पछि भ्रष्टाचार भएको तथ्य बाहिर आएको थियो ।
नमोबुद्ध नगरपालिकामा संकलन हुने गरेका खानीजन्य बस्तुको राजश्व संकलनमा कर्मचारीहरुको मिलेमत्तोमा करदातालाई ३ हजारको रसिद दिएर १ हजार राजश्व खातामा दाखिला गर्ने गरेको प्रमाण सहित भेटिएको थियो । समाचार सार्वजनिक गरे पछि रसिद नै नकाटी राजश्वमा मनलाग्दी गर्ने जनप्रतिनिधि देखि प्रहरी प्रशासन, राजनीतिक दलका नेता तथा कार्यकर्ता र पहुँचवाला ब्यक्तिहरुले खुलासा भएको हो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (२) खण्ड घ (६) तथा प्रदेश नम्वर ३ को आर्थिक ऐन, २०७५ को अनुसुची ५ बमोजिम नगरपालिकाबाट स्विकृत दर रेट अनुसार राजश्व संकलन गर्दै आएको थियो । ऐनले तोके बमोजिम मुअकर बाहेक संकलन विक्री तथा निकासी शुल्क ढुंगा, गिट्टी, बालुवा, स्लेट र रोडाका लागि प्रति क्युफिट ९ रुपैयाँ, माटो प्रति क्युफिट २ रुपैयाँ ५० पैसा असुल्दै आएको छ । दर रेट अनुसार टिपर प्रति ट्रक ३ हजार, प्रति निशान १ हजार ५ सय रुपैयाँ पर्न आउँछ । स्लेट र विछ्याउने ढुंगाको प्रति क्युफिट ९ रुपैयाँ लेखेको भए पनि नगरपालिकाले उक्त सामाग्रीमा कर असुल्न छापेको रसिदमा शिर्षक नै नछापी दिँदै आएको थियो ।

राजश्व ढाटमा कृयाशिल अधिकांश कर्मचारी अनियमिततामा संलग्न भएको पुष्टी भएको छ । दैनिक ढाटमा बसेर राजश्व संकलन गरिरहेका भए पनि कर्मचारीहरु दैनिक अनियमिततामा संलग्न हुँदै आएका थिए ।

Facebook Comments Box