रोशी सहकर्मी–माघ २४,
२०७६,काभ्रे/

काभ्रे जिल्लाको प्याब्सनले एस.ई.ई. २०७६ मा सहभागी विद्यार्थीहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । प्याब्सन काभ्रेको आयोजना तथा नोभा पब्लिकेसनको सहयोगमा यहि माघ २७ र २८ गते अभिमुखिकरण हुने संयोजक महेन्द्र थिङले जानकारी दिएका छन् ।
विद्यार्थीहरुलाई पाठ्यक्रम विकास केन्द्रका सदस्य एवं विषय विज्ञ डा. चिन्तामणी पन्थीले विज्ञान विषयको अभिमुखीकरण गराउने छन् । एस्.ई.ई. परिक्षा नजिकिँदै गर्दा विधार्थिहरुमा थप उर्जा थप्न र विज्ञान विषय संग आवश्यक शिक्षा परिपुर्तिका लागि सहयोग पुग्ने अपेक्षाका साथ सो कार्यक्रम आयोजना गरिएको संयोजक थिङले बताए ।
दुई दिनसम्म संचालन हुने यस अभिमुखिकरण दुईसत्र मा हुने छ । पहिलो दिनको पहिलो सत्रमा बनेपा नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरुको सहभागिता रहने छ भने दोश्रो सत्रमा धुलिखेल नगर प्याब्सन, नमोबुद्ध नगरपालिका र रोशि गाउँपालिका अन्तर्गतका सदस्य विद्यालयहरुको सहभागिता रहनेछ ।
त्यस्तै दोश्रो दिनको पहिलो सत्रमा पाँचखाल नगर प्याब्सन, मण्डन देउपुर नगर प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरुको सहभागिता रहनेछ भने दोश्रो सत्रमा पनौती नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा विधालयका प्रतिनिधि सहित एस्.ई.ई. दिने विद्यार्थीहरुको सहभागिता रहने छ ।

Facebook Comments