रोशी सहकर्मी–माघ २५,
२०७६,तेमाल/

तेमाल गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप फुटवलको उपाधी तेमाल गाउँपालिका वडा नं ८ ले जितेको छ । आज (शनिवार) भएको फाईनल खेलमा वडा नं ८ ले वडा नं ९ लाई पराजित गरेको हो । खेल २÷२ गेलको बराबरीमा सकिएपछि पेनाल्टीबाट खेलको छिनोफानो भएको थियो । पेनाल्टीमा पनि ५÷५ गोल भएको थियो । पुनः दोश्रो पटकको पेनाल्टीमा वडा नं ८ ले एक गोल भएको थियो भने वडा नं. ९ का खेलाडी दावा लामाले हानेको बल वडा नं. ८ का गोल किपर बुद्ध लामाले छेकेपछि खेल निर्णयक भएको थियो । फाईनल जितेको वडा नं. ८ भोरज्याङ (मेच्छे) ले ७५ हजार नगद जितेको छ । त्यस्तै दोश्रो हुने वडा नं.९ मेच्छेले नगद रु ५० हजार नगद, तथा तेस्रोस्थान वडा नं. ५ नारायणस्थानले २५ हजार नगद जितेको छ ।
फाईनल खेलमा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले प्रमुख रेफ्रि राजेश श्रेष्ठलाई फुटबल हस्तान्तरण गरि खेलको शुरुवात भएको थियो । खेलपछि मन्तब्य राख्दै तेमाल गाउँपालिकाका अध्यक्ष लामाले तेमाल अध्यक्ष कपले खेलमा उर्जा थपेको बताए । उनले जिल्ला स्तरीय खेलमा प्रतिस्पर्धा गर्न सक्ने तयारीका लागि गाउँपालिकाले व्यवस्थापन गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले फुटबल खेलाडी तेज लामा जस्तै सफल राष्ट्रिय खेलाडी बन्नका लागि तेमालका सम्पूर्ण खेलाडीहरुलाई अनुरोध र हौसला दिईन् । गाउँपालिकाका प्रवक्ता तथा ७ नं. वडाक वडा अध्यक्ष ज्ञान बहादुर तामाङले संयोजन गरेको तेमाल अध्यक्ष कप जितेपछि वडा नं ८ का अध्यक्ष लक्ष्मी बहादुर तामाङले खेलमा जस्ले जिते पनि तेमालको जीत भएको भन्दै खेलाडीहरुलाई धन्यवाद दिए । उनले जितमा घमण्ड नगर्नका लागि खेलाडीहरुलाई अनुरोध पनि गरेका हुन् । वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले हारेपछि अलिकति मनमा खिन्न भने हुने भन्दै आउँदो सालमा आफ्नै वडामा खेल मैदान तयार गर्ने बताए । वडा नं. ६ ठूलो पर्सेलका वडा अध्यक्ष विकुलाल मोक्तानले तेमालले खोजेका खेलाडी तेमाल कपबाट प्राप्त भएको बताए ।

कार्यक्रममा १३ औँ साग अन्तर्गत फुटबलमा स्वर्ण जित्न सफल खेलाडी तेज तामाङलाई नगद रु ७५ हजार, स्क्वाएस स्कसकामा कास्य पदक बिजेता खेलाडी विपना ब्लोनलाइ नगद रु २५ हजार, सितोरियो करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री सुर्य बहादुर तामाङलाई राष्ट्रिय स्तरमा खेलको माध्यमबाट तेमाललाई चिनाउन योगदान पु¥याएको कदर गर्दै सम्मान गरिएको थियो ।

गत २३ गतेबाट शुरु भएको तेमाल कपको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी.ले गरेका थिए । उद्घाटन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर (डि.बि) लामा, तेमाल गाँउपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रवक्ता ज्ञान बहादुर तामाङ, जनप्रतिनिधि, कर्मचारीहरु लगायत खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।
यस अघि माघ ३ गतेबाट सुरु हुने भनिएको खेल भारी वर्ष भए सँगै स्थगित भएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ वटा वडाका ९ वटा टिम सहभागि भएका थिए ।

Facebook Comments Box