रोशी सहकर्मी–माघ २७,
२०७६,धुलिखेल/

जिल्लास्तरीय अर्धबार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आज धुलिखेलमा १३ वटै स्थानीय तहले यस आर्थिक बर्षको छ महिनामा गरेका कामको समीक्षा गरिएको थियो ।
प्रतिनिधिसभाका सांसद गंगाबहादुर दोङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जू गौतम, समन्वय अधिकारी सच्युतराज उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
उक्त अर्धबार्षिक कार्यक्रममा बनेपा, धुलिखेल, पाँचखाल, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै रोसी, तेमाल, बेथानचोक, चौँरीदेउराली, खानीखोला, भुम्लु र महाभारतको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा नगरपालिका गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments