रोशी सहकर्मी–माघ २८,
२०७६,काभ्रे/

काभ्रे जिल्लाको प्याब्सनद्धारा आयोजित विधार्थिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रे जिल्लाको प्याब्सनद्धारा आयोजित अभिमुखीकरण कार्यक्रमको आज अन्तिम दिन पाँचखाल र पनौतीमा गरि ८०० जना विधार्थिहरुलाई अभिमुखिकरण गरिएको कार्यक्रम संयोजक महेन्द्र थिङले जानकारी दिए ।
प्याब्सन काभ्रेको आयोजना तथा नोभा पब्लिकेसनको सहयोगमा आयोजित कार्यक्रमको पहिलो दिन हिजो विधार्थिहरुलाई खड्पु र शिक्षकहरुलाई धुलिखेलमा अभिमुखिकरण कार्यक्रम भएको थियो । कार्यक्रममा एस.ई.ई. २०७६ मा सहभागी विद्यार्थीहरुलाई विज्ञान विषय सँग सम्बन्धित अभिमुखिकरण कार्यक्रम रहेको संयोजक थिङले जानकारी दिएका छन् ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सदस्य एवं विषय विज्ञ डा. चिन्तामणी पन्थीले अभिमुखिकरण गराएका थिए । एस्.ई.ई. परिक्षा नजिकिँदै गर्दा विधार्थिहरुमा थप उर्जा थप्न र विज्ञान विषय संग आवश्यक शिक्षा परिपुर्तिका लागि सहयोग पुग्ने अपेक्षाका साथ सो कार्यक्रम आयोजना गरिएको संयोजक थिङले बताए ।
कार्यक्रममा पाँचखाल नगर प्याब्सन, मण्डन देउपुर नगर प्याब्सन, पनौती नगर प्याब्सन, बनेपा नगर प्याब्सन, धुलिखेल नगर प्याब्सन, नमोबुद्ध नगरपालिका र रोशि गाउँपालिका अन्तर्गतका सदस्य विद्यालयहरुका १३ सय भन्दा बढि बिधार्थिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box