रोशी सहकर्मी–माघ २८,
२०७६, भकुण्डे(कुटुम्ब रिसोर्ट)/

लक्ष्मी लघुवित्त वितिय संस्था लिमिटेड भुण्डेवेशी शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम कुटुम्ब रिसोर्टमा सम्पन्न भएको छ । लक्ष्मी बैङकको मातहतमा रहेको यस वित्तिय संस्थाले न्युन आए भएका महिलाहरुलाई समुहमा आवद्ध गरी बिना धितो कर्जा प्रवाह गर्ने, बचत संकलन गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा केन्द्रिय सहायक महाप्रवन्धक सुन्दर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने ग्राहक सदस्य शुसिला खनालको सभापतित्व रहेको थियो ।

कार्यक्रममा ग्राहक सदस्यहरुलाई संस्थाको सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको सुझाब संकलन गर्ने जस्ता कार्यहरु भएको भकुण्डेबेशी शाखाका प्रवन्धक दोष बहादुर थापाले जानकारी दिएका छन् ।

Facebook Comments Box