तस्बिरः फेसबुकबाट
रोशी सहकर्मी, असोज १७

महाभारत गाउँपालिका वडा नं. १, छोटेसानका क्यान्सर रोगबाट पीडित १५ वर्षीय नवाङ मोक्तानलाई सात लाख रुपियाँ सहयोग उठेको छ । नवाङ मोक्तान बचाउ अभियानकर्ताले विभिन्न व्यक्ती, संघ संस्था लागयतका सहयोगबाट सात लाख २६ हजार ३६७ रुपियाँ उठाएको जनाएका छन ।
अभियानका संयोजक विछोड जिम्बाले उठेको रकमबाट क्यान्सर पीडित मोक्तानको उपचार गरिने बताउनुभयो । उहाँका अनुसार महाभारत गाउँपालिका जनप्रतिनिधि तथा कार्यरत कर्मचारीबाट एक लाख ८० हजार, मलेशियामा रहेका मिलन र हरि जिम्बाबाट ६२ हजार, बनेपामा भएको चन्दा संकलनबाट ५० हजार दुई सय, गंगामाया बोम्जन तथा जोर्डनमा रहेका साथीहरुबाट ४७ हजार ५६१ उठेको थियो । त्यस्तै नीरबहादुर वाइवा र साथीहरुबाट ५० हजार, ज्ञानकुञ्ज कलेजबाट ११ हजार ८२५, नेकपा निर्माण व्यवसायी संघ भेलाबाट ३० हजार लगायतको रकम उठेको जनाएको छ ।

Facebook Comments Box