रोशी सहकर्मी–माघ २९,
२०७६,काभ्रे/

पनौती नगरपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत बिद्यालय बीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । पनौती नगरपालिकाको आयोजनामा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले सटपुट फालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । २२ वटा बिद्यनलयको सहभागिता रहेको उक्त प्रतियोगितामा छात्र र छात्राहरुको प्रतिस्प्रर्धा हुने छ । दौड, एथलेटिक्स, भलिवल र कवर्डी प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन । शुक्रबार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन खेलमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई, वडा न ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी, वडा न ३ का अध्यक्ष किशेर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box