रोशी सहकर्मी–माघ २९,
२०७६,काभ्रे/

नेपाल पत्रकार महासंघ चितवन शाखा अन्तर जिल्ला भ्रमणका क्रममा हिजो काभे्र आएर आज सिन्धुपलञ्चोक गएको छ । बाग्मती प्रदेशका जिल्लाको भ्रमणका क्रममा काभे्रमा आएको टोलीले काभे्रका सञ्चारकर्मीसँग अन्र्तक्रिया गरेको थियो ।
नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले भ्रमणका रहेका पत्रकार टोलीलाई स्वागत गर्नुभएको थियो । चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा उक्त टिमको नेतृत्व गर्नुभएको थियो । आज विहान नेपाल पत्रकार महासंघ काभे्र शाखाको भवनमा पर्यटन बर्ष २०२० मा काभ्रेका घुम्नै पर्ने स्थानका बारेमा काभ्रे शाखा अध्यक्ष तिमल्सिनाले जानकारी गराउनुभएको थियो । चितवनका अध्यक्ष खतिवडाले चितवनको भ्रमण गर्न काभे्र शाखालाई अनुरोध गर्नुभएको थियो । भ्रमणमा १८ जना पत्रकारको टोली रहेको छ ।

Facebook Comments