रोशी सहकर्मी–फाल्गुन ०१,
२०७६,काभ्रे/

पाँचखाल नगरपालिका बाग्मती प्रदेश भित्र रहेका स्थानीय तहहरुमध्ये उत्कृष्ट भएको भन्दै प्रदेश सरकारले सम्मान गरेको छ ।
बाग्मती प्रदेशको दोश्रो बार्षिकउत्सवको अवसरमा बाग्मती प्रदेश भित्र रहेका स्थानीय तह मध्ये उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल नगरपालिका सम्मनित भएको हो । बाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठले बाग्मती प्रदेशका स्थानीय तह मध्ये उत्कृष्ट भएको भन्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्नुभयो । स्थानीयतहहरु मध्ये राम्रो काम गरेको भन्दै नगरपालिकाकलाई सम्मान गरेको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिनुभयो । सम्मान पत्रमा भनिएको छ ‘नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउन पु¥याएको योगदानलाई कदर गर्दै प्रदेश सरकारको दोश्रो बार्षिक उत्सवमा सम्मान गरिएको छ ।’ सम्मानीत पश्चात पाँचखाल नगरका प्रमुख महेश खरेलले प्रदेश सरकारले उत्कृष्ट छनौट गरेकोमा खुशी हुँदै थप राम्रा काम गर्न उत्प्रेरणा भएको बताउनुभयो । उहाँले यो सम्मान पाँचखालका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दल तथा नगरका सम्पुर्ण जनताको भएकोले आगामी दिनमा पनि नगरबासीहरुलाई सहयोग गर्न अनुरोध समेत गर्नुभयो । प्रदेशभरिमा पाँचखाल सहित चितवनको माडी नगरपालिका सम्मानित भएको थियो ।

तर कदर पत्रमा भने नगरपालिकालाई गाँउपालिका भनि लेखिएको छ । स्थानीय सरकारलाई यसरी त्रुटिपुर्ण कदर पत्र प्रदान गरिनुमा चरम लापरवाही भएको पुष्टी हुन्छ । अहिले सामाजिक संजालमा कदर पत्रको तस्बिर भाईरल भईरहेको छ । एकातिर उत्कृष्ट नगर भन्दै सम्मान गरिएको छ भने अर्को तिर गिज्याए झैँ, जिस्काए झैँ भईरहेका छ ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ निवासी चच्ला दनुवारलाई समेत प्रदेश सरकारले सम्मान गरेको छ । दनुवारले दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक विजेता थिईन् । प्रदेश सरकारले नगर ५० हजार सहित सम्मानपत्रले सम्मान गरेको थियो । पाँचखाल नगरपालिकाले पनि केहि दिनमा चञ्चलालाई सम्मान गर्ने जनाएको छ ।

Facebook Comments Box