रोशी सहकर्मी–फाल्गुन ०१,
२०७६,काभ्रे/

काभ्रे जिल्ला प्याब्सनको आयोजनामा अन्तर बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा शिक्षक तर्फ क्षितिज ईङ्गलिस बोर्डिङ स्कुल (बनेपा) र बिद्यार्थी तर्फ पाँचखाल भ्याली सेकेण्डरी स्कुल (पाँचखाल) प्रथम भएको छ ।
जिल्ला प्याब्सन अन्तर्गतका सदस्य बिद्यालयहरुको शिक्षक–शिक्षक र बिद्यार्थी–बिद्यार्थी बिच भएको उक्त प्रतियोगितामा एकल शिक्षक खुल्ला तर्फ क्षितिज स्कुल बनेपाका शिक्षक करुणा थापा प्रथम, काभ्रे ईङ्गलिस स्कुल पनौतीका शिक्षक अस्मिता सापकोटा र नमोबुद्ध मावी शंखुका शिक्षक पुजा श्रेष्ठ तेश्रो भएका छन् ।

त्यस्तै बिद्यार्थी तर्फ क्रमशः पाँचखाल भ्याली सेकेण्डरी स्कुल (पाँचखाल) प्रथम, नव रत्न सेकेन्डरी स्कुल (पनौती) दोश्रो, बाग्मती सेकेन्डरी स्कुल (बनेपा) तेश्रो भएको छ ।
प्रथम दोश्रो र तेश्रो हुन सफल शिक्षक र बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्याब्सनका सचिव भिमसेन के.सी.ले मेडल, शिल्ड साथै प्रमाण पत्र प्रदान गरेका थिए ।
खड्पु स्थित वृहत पार्टी प्यालेमा भएको कार्यक्रममा शिक्षक तर्फ १२ र बिद्यार्थी तर्फ २० बिद्यालको सहभागिता रहेको कार्यक्रम संयोजक उपाध्यक्ष भरत बहादुर के.सी.ले जानकारी दिए ।

प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक प्रदिप विष्ट र नृत्य निर्देशक राज चवालले निर्णायकको भूमिका निभाएका थिए ।
प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा केन्द्रिय प्याब्सनका अध्यक्ष सत्यनारायण श्रेष्ठ, उपाध्यक्ष महेन्द्र थिङ, कोषाध्यक्ष बसन्तराम नेपाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको उपस्थिति रहेको कार्यक्रम सह–सचिव छविरमण पराजुलीले संचालन गरेका थिए ।

Facebook Comments