रोशी सहकर्मी–फाल्गुन ०१,
२०७६,धुलिखेल/

आजबाट राष्ट्रिय बाणिज्य बैङ्क धुलिखेल शाखाले मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
एक्सटेन्सनको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले गर्नुभएको थियो । मालपोत कार्यालय धुलिखेलका प्रमुख शालिकराम आचार्यले राष्ट्रिय बाणिज्य बैङ्क कार्यालय मै एक्सटेन्सन काउन्टर खोलेपछि सेवाप्रवाहमा सहजता आएको बताउनुभयो । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा दैनिक ४०/५० लाख राजश्व उठ्ने गरेको छ । उक्त बैङ्कको काउन्टर खुल्नु अगाडि मालपोत कार्यालयले लेखा शाखा मार्फत राजश्व उठाउँदै आएको थियो ।
राष्ट्रिय बाणिज्य बैङ्क धुलिखेल शाखा प्रमुख बिनोदप्रसाद सापकोटाले काभ्रेको धुलिखेल, बनेपा र भकुण्डेबेसींबाट राष्ट्रिय बाणिज्य बैङ्कले सेवाप्रवाह गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल लेखापढी कानून व्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments