रोशी सहकर्मी–फाल्गुन ०१,
२०७६,तेमाल/

तेमाल गाँउपालिका वडा नं. ७ चापाखोरीमा एक दिने निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । संरक्षण तथा विकास संस्था (C.D.O. Nepal) को आयोजना र तेमाल गाँउपालिका वडा नं ७ को समन्वयमा यहि फाल्गुन ६ गते निःशुल्क शिविर संचालन हुन लागेको गाँउपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिए ।
शिविरमा निःशुल्क आँखा जाँच, निःशुल्क औषधि वितरण, ४० वर्ष भन्दा माथिका व्यक्तिलाई नजिक रहेको अक्षर पढ्न सक्ने (Reading Glass) चस्मा वितरण गरिने छ । साथै मोतिया बिन्दुको निःशुल्क सल्यक्रिया रेयुकाई आँखा अस्पताल बनेपामा गरिने पनि प्रवक्ता तामाङले जानकारी दिए ।
बिहान १० बजेबाट सुरु हुने शिविरमा दिँउसो २ बजे सम्म नाम दर्ता गराउन सकिने छ ।

थप जानकारीका लागी प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ‘ज्ञान बहादुर तामाङ’ ।
फोन नंः ९८४१४७२७२६

Facebook Comments